Fri. Jan 31st, 2025

वेनिघाट गाउँपालिकामा जोन संचालन समितीको अभिमुखीकरण

८ असार,  धादिङ–

धादिङको वेनिघाट गाउँपालिका वडा नं ९ मा जोन संचालन समितीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वेनिघाटको माझिमटारमा वडा नम्वर ९ र १० का अगुवा कृषकहरु विच अभिमुखीकरण कार्यक्रम भएको हो । तरकारी जोन धादिङको सहयोग र जोन संचालक समिती धादिङको आयोजनामा सो कार्यक्रम गरेको हो ।

तरकारी खेती वजारीकरण , प्राङगरिक मलको प्रयोग विषादीरहित तरकारी खेती जोन कार्यलयको निती कार्यक्रमका वारेमा जानकारी दिने उदेश्यले कार्यक्रम संचालन गरिएको थियो । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गरी उत्पादनमा वृद्धि गर्नु यस कार्यक्रमको उदेश्य रहेको तरकारी–जोन, कार्यालय धादिङका कार्यलय प्रमुख केशव प्रसाद पौडेलले बताए ।

कार्यक्रममा पानीको अभावका कारण तरकारी उत्पाकत्व वढाउन कठिन भएको सहभागि किसानहरुले वताएका थिए । जोन कार्यलयले धादिङ र गोरखा जिल्ला गरेर १५ वटा वडामा आफ्नो कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस परियोजनाले प्रतिवडा एक लाख रुपयाँ वरावरको निम्न आय भएको किसानहरुलाई कृषि उपकरण एवम् कृषि सामाग्री खरीदको लागि रकम उपलब्ध गराएका छन् ।

जोन संचालक समितीका अध्यक्ष हेमनाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ९ का वडाध्यक्ष सुरेश मल्लको प्रमुख आतिथ्ता रहेको थियो । प्रशिक्षणमा ५२ जना कृषकहरुको सहभागिता रहेको थियो ।

२०७५ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: