Fri. Jan 31st, 2025

सिद्धलेकमा प्रधानमन्त्रि कृषी आधुनिकिकरण परियोजनाको अभिमुखीकरण कार्यक्रम

७ असार,धादिङ

धादिङको सिद्धलेक ४ को वडा कार्यालय भवन आरुवासटारमा  सम्पन्न भएको छ ।

आरुवासटारमा सिद्धलेक वडा नं ३ र ४ का अगुवा कृषकहरुका विच अभिमुखीकरण कार्यक्रम ,तरकारी जोन धादिङको सहयोग र जोन संचालक समिती धादिङको आयोजनामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा सिद्धलेक ४ का वडा अध्यक्ष रामहरी वरकोटिले हरेक युवालाई कृषी उत्पादनवाट समेट्नेगरी कार्यक्रम ल्याउन अनुरोध गरेका छन् । कार्यक्रममा कृषकहरुले तरकारीको वजार मुल्यको व्यवस्थापन, विषदि प्रयोग विधि, किसान हकहितको लागी संगठन विस्तार लगायतका विषयमा छलफल गर्न समेत माग गरेका थिय ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गरी उत्पादनमा वृद्धि गर्नु यस कार्यक्रमको उदेश्य रहेको तरकारी–जोन, कार्यालय धादिङका कृषि अधिकृत समिर एस वि मगरले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तरकारी जोन धादिङका संयोजक हेमनाथ थपलिया, सिद्धलेक ४र३ का वडाध्यक्ष रामहरी वराकोटि र देव वहादुर पुलामी, सिद्धलेक गांउ पालिकाका कृषी प्राविधिक शालिकराम चौधरी, साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष डिल्लि प्रसाद पाठक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, तरकारी जोन धादिङका उप संयोजक सविता सिल्वाल, लगायत अगुवा कृषकहरुको उपस्थिती रहेको थियो ।

२०७५ असार ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: