
३१ जेठ, धादिङ
नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघले मूल्य वृद्धि फिर्ता गर्न सरकारलाई कडा चेतावनी दिएको छ।
धादिङमा पनि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। सरकारले इन्धन लगायत दैनिक उपभोग्य बस्तुको मूल्य चर्को रुपमा वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले पटकपटक राजधानी लगायत देशभर आन्दोल गर्दै आएको छ। वुधवार पनि नेबि संघ धादिङले पनि विरोध जुलुस निकालेको हो ।
सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । पद्रशनिमा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धि फिर्ता गर्, सुशासन कायम गर् जस्ता नारा लगाएका थिए ।सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले वताए ।
जुलुस निकाल्ने क्रममा विद्यार्थीहरुले केपी ओलीको पुत्ला जलाउन खोजेपछि प्रहरीले जुलुसमा धरपकड गरेर विद्यार्थीहरुलाइ लखेटेको थियो । प्रहरीले पुत्ला खोस्ने र विद्यार्थीहरुले नदिने गर्दा केहीवेर प्रहरी र विधार्थीहरुको धकेलाधकेल समेत भएको थियो । धकेलाधकेलमा नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारी को टिसर्ट च्यातिएको थियो भने उनी सामान्य घाइते भएका थिए ।
प्रहरीको धरपकड पछि गरिएको कोणसभालाइ सम्वोधन गर्दै अध्यक्ष अधिकारीले शान्तिपुर्ण जुलुमा प्रहरीले गरेको धरपकडप्रति खेद ब्यक्त गरे । तत्काल मुल्य बृद्धि फिर्ता नलिए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
२०७५ जेठ ३१ गते प्रकाशित