
स्थानिय सरकार निर्माण भएको एक वर्ष पूरा भइसकेको छ । सरकार निर्माण भएपछि जनताले अपेक्षा गरिएको विकास, उपलब्धी स्थानीय तहको दिन नसकेको व्यापक जनगुनासो आएका छन् । सरकारका आआफ्नै चुनौती, समस्याहरु पनि छन्् । सरकारले आफ्नो क्षेत्राधिकार भित्र कस्तो सम्भावना देखेको छ र त्यो सम्भावनलाई पुरा गर्न कस्तो नीति र कार्यक्रम निर्माण गरेको छ भन्ने विषयमा धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसंग पाविल न्युज डट कमले गरेको कुराकानी
– निर्वाचित भएको १ वर्ष पुगेको छ, कार्यसम्पादन कसरी गरिरहनुभएको छ अनुभुति कस्तो गरिरहनुभएको छ ?
धुनिवेशी नगरपालिका घोषणा भएको २ महिना पछि हामी आउदा हामीसंग पुराना कुराहरु सिक्ने केहि पनि थिएन । सानो कोठा व्यवस्थापन गरेर कार्यलय संचालन गरेका थियौ । ३ वटा साविकको गाविस छत्रेदेउराली जिवनपुर र नौविसे मिलेर र वनेको धुनिवेशी नगरपालिका बनेको छ । यस नगरपालिका पुर्वाधारको हिसावले पनि पुर्णता पाईसकेको नगरपालिका होईन । किनकी न्युनतम आधारभुत कुराहरु हुनुपथ्र्यो नगरपालिकामा त्यो पनि नभएको जस्तै खानेपानी, बिजुलीबत्ती पनि सवै ठाउँमा नपुगेको नगरपालिकामा ३ वटा साविकको गाविसलाई लिएर ९ वटा वडा संचालन गरिएको छ । हामीले यो बीचमा कर्मचारीको अभाव पनि भोग्यौ । जस्ता समस्याहरु भएपनि हामी जनताको लागि अठोट भएर काम गर्नेछौ ।
– चुनावको लागि घरदैलो गर्दा धेरै जनताको अपेक्षाहरु पनि लिनुभएको थियो, जनताको अपेक्षा र तपाईको कार्यसम्पादनमा मेल खाएको छ त ?
हामी जनताको माझ जाँदा धेरै अपेक्षा गरेका थिएनौ किनभने पहिलो हामीले शुशाशन आएपछि राज्यवाट आएका जति पनि संयन्त्रहरु छन् आर्थिक रुपमा सहयोग गर्छौ, दुरुपयोग गर्दैनौ भनेर भनेका थियौ । यहाँका जनताहरुले आफ्नो ठाउँ अनुसारका समस्याहरु राख्नुभएको थियो जस्तो जिवनपुरका जनताहरुले त्यहाँ खानेपानीको समस्या छ भन्नु भएको थियो । हामीले त्यो समस्यालाई पहिलो बजेटवाट ६० लाख वाट डिप वोरीङ ग¥यौ । धुनिवेशीको वडा नम्वर ७ तोप्लाङ भन्ने ठाउँमा बाटोको समस्या रहेको थियो खानेपानी वत्ती वाटो सवै नपुगेको ठाउँ भएको कारण त्यसलाई पहिलो प्रथमिकतामा राखेको छौ । शुशानको कुरामा पनि अहिले हामीले नगरको बजेट सदुपयोग गरेका छौ जनताहरुवाट नै हामीले धेरै काम लिएका छौ । जनताहरुलाई हामीले गरेको कामको वजेट सार्वजनिकीकरण गरेका छौ । अहिले हामीलाई सवैभन्दा वढि समस्या भुकम्पपीडीतको छ यति सवै कामहरु गरिरहदा अझै सम्म पनि उहाँहरुले पाउने मुआव्जा दिलाउन सकेका छैनौ । राज्यले दिएको सहयोग हामीले उहाँहरुलाई दिन सकिराखेको छैनौ अरु काम गर्दै गएका छौ जनताको अपेक्षा र हाम्रो कार्यसम्पादनलाई संगै लैजाने कोशीसमा छौ ।
– धुनिवेशी नगरपालिका उधोगको रुपमा विकास हुदै छ, काठमाण्डौमा भएका धेरै ईट्टा उद्योग तथा अन्य उद्योगहरु पनि यहाँ खुलिरहेका छन् यसले यहाा उत्पादन हुने खाद्यवाली र तरकारीवाली उत्पादनमा कमी आयो भनेर जनगुनासो आएको छ नि ?
यो सानो नगरपालिका जहाा ३१ हजार ७८ जनसंख्या रहेको ठाउँ ९ वटा वडा छ यो भित्र २७ वटा ईट्टा उद्योग रहेको छ । धुनिवेशी उत्पादनको हिसावले हिमाल पहाड तराई सवै एकै ठाउँमा छ । यस नगरपालिका भित्र नै आठ ओटा हिमालहरु छन् । त्यहाँ एउटा भ्यु टावर वनाउन सक्यो भने पर्यटनको एकदम सम्भावना वोकेको ठाउँ छ । यसलाई कसरी व्यवस्थापन कसरी गर्ने भन्ने पनि चिन्तमा छौ । यो उद्योगलाई भित्राउन चाहान्छौ तर समयअनुसार परिचालन गर्नको लागि उद्योगीहरुलाई सल्लाह दिएको छौ यसलाई कसरी हो प्रविधीमय वनाउने भनेर लागि परेका छौ । नगर उद्योगीहरुको विचमा एक भएर जानुपर्छ भनेर लागेका छौ ।
– गाउँपालिकामा विभिन्न किसिमका समस्याहरु पुरा गर्न तपाईहरुको दायित्व पनि छ, यो सवै पुरा गर्नको लागि स्थानिय तहमा कस्ता कस्ता ऐन कानुनहरु निर्माण भएका छन् ?
हामीले स्थानिय तहका कानुनहरु बनाएका छौ, ५ वटा ऐन वनाएका छौ नियम विनियम र कार्यविधी गरेर हामीलाई आवश्यक पर्ने ३० वटा कानुनहरु वनाईसकेका छौ । केहि कानुनहरु वनाउन वाँकी नै छ सवै कानुनहरु हामीले आफ्नो हिसावले वनाउन सकिदैन प्रदेश र केन्द्रसंग वनाएको कानुनसंग मिल्नुपर्ने हुदा विभिन्न कानुन ऐन वनाउन बाँकी छ । हामी क्रमागत रुपमा आवस्किय कानुनहरु बनाउछौ । काठमान्डौको फोहोर सवै यस नगरपालिकामा ल्याएर फाल्ने गरिन्छ यसमा हामी वढि चिन्तित छौ । हामीले काठमान्डौ महानगरपालिकामा पनि यस विषयमा कुरा राखेका छौ यस विषयमा हामी लागेका छौ जनताको समस्या छ यसमा यो समस्या समाधानको लागि हामी सधै लागिरहने छौ ।
२०७५ जेठ २४ गते प्रकाशित