Fri. Mar 7th, 2025

धादिङका कुन नगर/गाउँपालिकालाई कति बजेट ? (विवरण सहित)

१६ जेठ, धादिङ –

 

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को स्थानीय तहका लागि बजेट विनियोजन गरेको गरेको छ । धादिङ जिल्लाका २ नगरपालिका र ११ वटा गाउापालिका सहित १३ वटा स्थानीय तहलाई एकमुष्ट ३ अर्व ४७ करोड ४१ लाख बजेट विनियोजन गरेको छ ।

सोही बजेटबाटै नगरपालिकालाई ८२ करोड १२ लाख र गाउँपालिकालाई २ अर्व ६५ करोड २९ लाख विनियोजन गरेको छ । यसरी विनियोजित बजेटबाट सबै तहलाई छुट्टाछुट्टै वर्गिकरण गरिएको छ ।

स्थानीय र प्रदेश तह को अन्तर सरकारी वित्तिय हस्तान्तरण शिर्षक अन्तरगत सबै भन्दा बढी बजेट निलकण्ठ नगरपालिकालाई छुट्याइएको छ । निलकण्ठलाई बजेट ५३ करोड ३८ लाख छुट्याइएको छ भने सबैभन्दा थोरै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकालाई ११ करोड ६९ लाख छुट्टाइएको छ । जिल्लाको धुनिबेसी नगरपालिकालाई २८ करोड ७४ लाख विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकामा खनियाबासलाई १४ करोड ८४ लाख, गंगाजमुनालाई २५ करोड १४ लाख, गजुरीलाई २७ करोड ५० लाख, गल्छीलाई २४ करोड ६७ लाख, ज्वालामुखीलाई २६ करोड ३३ लाख, त्रिपूरासुन्दरीलाई २८ करोड ८२ लाख रकम विनियोजना गरिएको छ ।

त्यस्तै थाक्रेलाई ३० करोड २५ लाख, नेत्रावतीलाई १५ करोड ५१ लाख, वेनिघाट रोराङलाई ३३ करोड ५१ लाख र सिद्धलेक गाउँपालिकालाई २६ करोड ६३ लाख रकम विनियोजन गरिएको छ ।

२०७५ जेठ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: