Fri. Mar 7th, 2025

प्रदेश नम्बर ३ : उद्योगसँग पाँच वर्षसम्म कुनै कर नलिइने

१५ जेठ, चितवन –

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

फाइल फोटो

नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सोमबार सौराहामा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रित भएको छ ।”

मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ,” भने ।

अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उनले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिए ।

प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ सुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गरे। रासस

२०७५ जेठ १५ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: