

८ जेठ, अमेरिका –
अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् ।
वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघषर्’ गरिरहेको देख्न सकिने बताए ।
उनले भने, ‘इरानको आक्रामक व्यवहार रोक्नका लागि’ पेन्टागन र क्षेत्रीय सहयोगीसँग मिलेर काम गर्नेछौं ।’
यो महिनाको सुरुवातमा नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाएका थिए ।
अमेरिकाका विदेशमन्त्रीको रुपमा विदेश नीतिको विषयमा आफ्नो पहिलो महत्वपूर्ण भाषणमा पोम्पियोले इस्लामिक गणतन्त्रसँग लड्नका लागि ‘प्लान बी’ को घोषणा गरे ।
उनले इरानसँग ‘नयाँ सम्झौता’ का लागि १२ शर्त राखे । यी शर्तमा सिरियाबाट आफ्नो फौजलाई फिर्ता बोलाउने र यमनमा विद्रोहीको समर्थन गर्नेलगायतका विषय समावेश छन् ।
२०७५ जेठ ८ गते प्रकाशित