Sun. Mar 9th, 2025

आईपीएलः हैदरावादलाई हराउँदै कोलकाता प्लेअफमा

६ जेठ, काठमाडौं –

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पाँच विकेटले हराएको छ । यो जितसँगै कोलकाता प्लेअफमा पुगेको छ ।

हैदरावादले दिएको १७३ रनको विजय लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । कोलकाताको जितमा क्रिस लिनले ५५ रन बनाए । आईपीएलमा उनको यो सातौं अर्धशतक हो । उनले प्लेयर अफ दि म्याचको अवार्ड पनि पाए ।

आईपीएलको जारी ११ औं संस्करणमा पहिलो पटक खेलेका कार्लोस ब्रेथलेटले २ विकेट लिए । सिद्धार्थ कौलले पनि समान २ विकेट झारे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । उसको लागि शिखर धवनले सर्वाधिक ५० रन बनाएका थिए ।

२०७५ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: