Wed. Mar 12th, 2025

धादिङमा पार्टी एकताको खुसीयालीमा दिप प्रज्वलन

३ जेठ, धादिङ –

एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा धादिङको विभिन्न ठाउँहरुमा कार्यक्रम भएको छ ।
धादिङको पृथ्वी राजमाग अन्तगर्त गल्छी, गजुरी लगाएत सिद्धलेक गाउँपालिकाको वुङचुङ र त्रिपुरासुन्दरी गाँउपालिकामा विभिन्न कार्यक्रम सहित खुसियाली मनाएका छन् ।

यसैगरी धादिङको निलकण्ठ नगरपालिका अन्तर्गत पुछारबजारमा पनि दिप प्रज्वलन कार्यक्रम गरेको छ । पार्टी एकताको खुसीमा दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु जम्मा भएर खुसीयाली साटासाट गरेको मार्कसवाद अध्ययन प्रतिष्ठानका अध्यक्ष सिताराम कोईरालाले बताए ।
एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरिएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ ।
बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे । उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका छन् ।

२०७५ जेठ ३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: