Wed. Mar 12th, 2025

एमाले–माओवादीले बनाए नौ सदस्यीय सचिवालय

kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s nlntk'/sf] dfgejgdf a'waf/ a;]sf] g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_sf] kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s . tl:a/M gjLg kf}8]n, /f;;

३ जेठ,काठमाडौं

नेकपा एमाले र नेपका माओवादी केन्द्रले नयाँ पार्टी सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनाउने निर्णय गरेका छन् ।

यसअघि दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठजना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले गरेको हो ।

यो सचिवालयमा एकता संयोजन समितिका आठजनासहित एमाले नेता पौडेल पनि परेका छन् । सचिवालयमा दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । त्यसैगरी एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि रहेका छन् । अन्य सदस्यहरुमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् ।

सचिवालयमा महासचिवको जिम्मेवारी एमालेका उपमहासचिव विष्णु पौडेललाई दिने कुरामा दुई अध्यक्ष सहमत भएका छन् । त्यसैगरी प्रवक्ताको जिम्मेवारी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइने भएको छ ।

एकता संयोजन समितिले दुवै पार्टीबाट एकताका लागि भएका निर्णयलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ । अहिले दुवै पार्टीको केन्द्रीय कमिटिको बैठक बसिरहेको छ । त्यसपछि दुवै पार्टीको संयुक्त बैठक बस्ने कार्यक्रम छ ।

२०७५ जेठ ३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: