Sun. Mar 16th, 2025

गाजा आक्रमणमा ५५ जनाको मृत्यु


१ जेठ,  काठमाडौँ  –

इजरायल र प्यालेस्टाइनको सिमा गाजा क्षेत्रमा इजरायेली सेनाले गरेको आक्रमणमा ५५ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् । २ हजार ७ सय जनाभन्दा बढी घाइते भएका छन् ।

अमेरिकाले इजरायलको राजधानी जेरुसेलमको विवादित ठाउँमा राजदूतावास खेलेको विरोधमा उत्रिएका प्यालेष्टाइनीमाथि इजरायली सेनाले गोली चलाएको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्यालेष्टानी नागरिकले गरेको आक्रमणको प्रतिरक्षाका क्रममा आफ्ना सेनाले गोली चलाएको दावी गरेका छन् ।

प्यालेष्टाइनी अधिकारीहरुले इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । इजरायलको आक्रमणलाई प्यालेष्टाइनी अधिकारीहरुले नरसंहारको संज्ञा दिएका छन् । अमेरिकाले सोमबार जेरुसेलममा दूतावास खोले पछि प्यालेस्टाइनले विरोध प्रदर्शन गरेको थियो ।

२०७५ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: