Wed. Feb 26th, 2025

भारतीय जेलमा २४ नेपाली

jail

१६ चैत, काठमाडौ –  भारतको हरियाणास्थित सतलोक आश्रमबाट पक्राउ परेका २४ नेपाली चार महिनादेखि जेलमा छन् । हिसार जेलमा रहेका उनीहरुमध्ये आठ जनालाई गम्भीर प्रकृतिको मुद्दा लगाउन लागिएको छ ।

सतसंगमा सहभागी हुन हरियाणा प्रान्तको हिसार जिल्लास्थित बारबलामा रहेको रापालजी आश्रममा गएका २४ नेपाली २ मंसिरमा पक्राउ परेका हुन् । उनीहरु मध्ये १६ जनालाई पक्रिया पुर्याएर रिहा गर्ने भनिए पनि अदालतले अझै केही  प्रष्ट्याएको  छैन।

अदालतमा उपस्थित नभएर मानहानी गरेको अभियोगमा रामपालजी समातिएका थिए । उनलाई गिरफ्तार हुन नदिन प्रहरीविरुद्ध बल प्रयोग गरेको लगायतका अभियोग नेपालीमाथि लगाइएको छ । उनीहरुको कानूनी मामिला हेरिरहेका वकिल एपी सिंहले आठ नेपाली तत्काल रिहा हुन नसक्ने र बाँकीलाई अदालतले केही प्रक्रिया नभनेको बताएका छन् ।

पक्राउ परेका नेपालीमा लक्ष्मण बस्नेत, विजय साह, योगेन्द्र चन्द, विनोद यादव, भूप सिंह, ईश्वर श्रेष्ठ, राजकुमार गिरी, सुरेश राई तत्काल रिहा हुन नसक्ने सिंहले बताएका छन् । उनीहरुमध्ये महतो र गिरी भारतीय प्रहरीको कुटाइबाट घाइते भएका छन् । नयाँ पत्रिकाबाट

 

About The Author

अन्य समाचारहरु: