Wed. Mar 12th, 2025

जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीको स्वागत

२८ बैशाख,  जनकपुर –

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।

जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका हुन्। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।

मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर(अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ ।

२०७५ बैशाख २८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: