

२५ बैशाख, काठमाडौँ –
जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर सातौं पटक पराजित भएको छ ।
गयराती भएको खेलमा सनराइजर्स हैदरावादसंग बैंग्लोरलाई पाँच रनले पराजित भएसंगै प्लेअफमा पुग्न समेत अब मुश्किल भएको छ । जितसंगै हैदराबाद १० खेलबाट १६ अंकका साथ शीर्षस्थानमा कायमै छ भने पराजयसंगै बैंग्लोर ६ अंकका साथ छैटौं स्थानमा रहको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो । उनी प्लेयर अफ दि म्याच पनि भए ।
१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । खेलको अन्तिम बलमा भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनको स्कोरमा बोल्ड गरे । मन्दिप सिंह २१ रन बनाएर आउट भए । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए ।
हैदरावादका लागि सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले एक/÷एक विकेट लिए । तर, शाकिब हल हसनले दुई खेलाडीलाई पेभेलियन फर्काउन सफल भए ।
यसअघि सनराइजर्स हैदरावाद १४६ रनमा अलआउट भयो । अन्तिम दुई ओभरमा उसको पाँच विकेट झर्यो । हैदरावादका लागि विलिम्सनका अलावा शाकिब अल हसनले ३५ र युसुफ पठानले १२ रन योगदान गरे ।
बैंग्लोरको तर्फबाट टिम साउथी र मोहम्मद सिराजले तीनरतीन विकेट लिए । उमेश यादव र युजवेन्द्र चहलले एक९एक विकेट झारे ।
२०७५ बैशाख २५ गते प्रकाशित