Wed. Mar 12th, 2025

सुशासनको अभ्यास आफैबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल


२३ बैशाख,  हेटौँडा –

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अरुलाई सुशासनको पाठ सिकाउने चिकित्सकहरुले सुशासनको अभ्यास आफैबाट गर्नुपर्ने बताएका छन् । आइतबारबाट हेटौँडामा सुरु भएको स्थानीय तहमा स्वास्थ्य सम्वन्धी अभिमुखिकरणको लागि प्रदेश स्तरको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा डाक्टरहरुबाट नै शुसासको सुरुवात हुनुपर्ने बताए । कार्यक्रममा मुख्य मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने तर नीजि क्लिनिकमा ध्यान दिने चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा समस्या पारेको बताएका छन् ।

प्रदेश नंबर ३ को काठमाण्डौँ र चितवनलाई हेरेरमात्र स्वास्थ सेवाको अवस्था राम्रो भएको प्रतिवेदन आफुलाई चित्त नबुझेको भन्दै उनले अब प्रदेश सरकारले सबै क्षेत्रमा जनतालाई अनुभव हुनेगरि स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलाले स्वास्थ्य नीति विकटको जनतालाई हेरेर बनाउनुपर्ने बताए । समृद्ध प्रदेश निर्माणको लागि स्वास्थ्य सेवा महत्वपूर्ण रहेको भन्दै उनले सरकारले स्वास्थ्य क्षेत्रलाई अति महत्वपूर्ण कडिको रुपमा लिएको धारणा ब्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा सामजिक विकास मन्त्रालयको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका निमित्त सचिव शम्भु भट्टराई, अर्जुन सापकोटाले प्रदेश नंबर ३ को स्वास्थ्य सेवाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

२०७५ बैशाख २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: