
स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि करीब १ वर्ष पूरा हुन लागिसकेको छ । धादिङमा रहेको दुई नगरपालिका र ११ वटा गाउँपालिकाहरुले धादिङको विकास तथा उन्नतिका लागि विभिन्न कदमहरु चालिरहेका छन् । आ–आफ्ना पालिकाले आफ्नो नीति, योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेर अघि बढिरहेका छन् । जिल्लाको सिद्धलेक गाउँपालिकाले पनि आगामी वर्षका लागि विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको छ । पालिकालाई पर्यटकिय क्षेत्रको विकासदेखि आर्थिक, सामाजिक, शैक्षिक प्रगतिकालागि सधैँ तत्पर रहेर काम गर्ने बताइएको छ । यसै विषयमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग पाविलन्यूज डटकमका संवाददाता सृजना लंम्सालले गरेको कुराकानीको सारसंक्षेप
– स्थानिय तह निर्वाचन भएको पनि १ बर्ष भईसकेको छ, यो समयाअवधि भित्र कस्ता कस्ता कार्यहरु भयो ?
हामी नितान्त सिद्धलेक गाउँपालिकामा हरेक संरचना खाली भएको ठाउँमा आएका छौ । यस गाउँपालिकाले सुरुमा करिब ३५ रोपनी जग्गा लिने काम ग¥यो । यस गाउँपालिकाको वडा नम्बर १ , ४, ७ मा वडा कार्यलय निर्माण गरेर सम्पन्न पनि गरिसक्यौ । ३, ५, २ नम्बरको वडा कार्यलय बन्न बाँकी छ र ३ नम्बरको वडा कार्यलय पुन निर्माण प्राधिकरणले बनाउने जिम्मा लिएको छ । यस गाउँपालिकाका प्रत्येक वडाहरुमा विकास निर्माणको कामको लागि ८० लाखको दरले बजेट विनियोजन गरेका छौ । गाउँपालिकालाई सम्वृद्ध वनाउनका लागि लागि परेका छौँ । गाउँपालिकाले ५ बर्ष भित्रमा ३ वटा बाटो कालोपत्रे गर्ने योजनाका साथ प्रत्येका वाटोमा ५५ लाख बजेट छुट्टाएका छौ । जसमा सडक चौडा गर्ने काम भईसकेको छ ।
– सिद्धलेक गाउँपालिका खानेपानीको समस्या भएका क्षेत्र मध्ये एक हुन्, खानेपानी आपूर्तिका लागि लागि के योजना रहेका छन् ?
यस गाउँपालिकाले २०७२ सालको भुकम्पले आक्रान्त भएका जनताहरुलाई पानी खुवाउनुपर्छ भनेर ५ वटा भुमिगत डिप बोरीङ खानेपानी निकाल्ने काम गरेका छौँ । यसमा ३ वटा खानेपानी आयोजनाहरु विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा आयोजना सम्झौता भएको छ । बाँकी २ वटा खानेपानीको लागि सहयोगको लागि कुनै संस्थाहरु खोजीरहेका छौ । अबको ५ बर्ष भित्रमा यस गाउँपालिकामा १ घर १ धारा बनाउने लक्ष्य राखेका छौ ।
– अहिले गाउँपालिका भित्रका विद्यालयहरु समायोजन भएको छ ? समायोजनले के फाईदा हुन्छ ?
गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु खस्किदो अबस्थामा रहेको छ । अहिले शिक्षक साथीहरुले आफ्नो पढाउने क्षमता हुदाँ हुँदै पनि शिक्षामा कमजोरी र लापरवाहि गर्नु भएकाले जुन परिणाम निस्कनु पर्ने हो त्यो निस्कन सकेको छैन । सम्पुर्ण पुर्व प्राथमिक विद्यालय, प्राथमिक विद्यालयहरु धारासायी हुने अवस्थामा छ । हिजोको दिनहरुमा १० घर भयो भने विद्यालयहरु संचालन गर्ने, राजनीतिक हिसाबले खोलिने विदालयहरु थिए रु त्यो विद्यालयहरु खाली नगर्ने र विद्यालयमा भएका दरवन्दी अन्त समायोजन गर्ने र विद्यालहरुमा ईसीडी कक्षा र कार्यलय सहायक राखेर ३ कक्षा सम्म नेपाली र अङ्ग्रेजी दुवै मिडीयमबाट पढाउने भनेर व्यवस्थापनमा जुटेका छौ । विद्यार्थी संख्या जति भएपनि यसवाट परिणाममुखी निकाल्नुपर्छ भनेर त्यहाँका शिक्षकहरुलाई तालिमको व्यवस्थापन पनि गर्न लागेका छौ । स्थानिय तह व्यवस्थापिकावाट हामी स्वीकृत प्राप्त गरिसक्यौ अब किन सुधार नगर्ने भन्ने किसिमले अगाडी बढेका छाँै ।
– सिद्धलेक गाउँपालिका पर्ययटकीय क्षेत्र सम्भावना बोकेको क्षेत्र हो, यसलाई पर्यटकिय क्षेत्र बनाउन के योजना बनाउनु भएको छ ?
सिद्धलेक गाँउपालिकामा रहेको महादेवको मुर्तिमा पूजा गर्न शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । अन्य दिनहरुमा पनि भक्तजनहरुको भिड लाग्ने गर्दछ । त्यस ठाउँसम्म पुग्नका लागि केवलकारको सम्भाव्यता अध्ययन भइरहेको छ । त्यहा ढेवाडाँडाँ छ त्यहाँ भ्यु टावर स्थापना गर्ने, ढेवाडाँडा भन्दा केहि तल केवलकारको सम्भाव्यता अध्ययन भईरहेको छ । एउटा कम्पनिले ९९ वर्षको लागि लिजमा दिए काम गर्छौ भनेका छन् तर पनि अहिले प्रदेशको कानुन नबनेकोले हाम्रो स्थानिय कानुनले मात्र नभ्याउने भएकोले प्रदेशको कानुन बनिसकेपछि आरवासटार र ढेवाडाडामा केवलकार संचालन गर्ने, र वडा नम्वर ५ को कुम्पुरडाडामा सिडीमार्ग तयार गरेर भ्युटावर स्थापना गर्ने लक्ष्य छ । यसै गरी यस गाउँपालिका ठुलो कफी फर्म र नेचर क्याम्प रहेको छ । यसकारण गाउँपालिकाले पर्यटनलाई धेरै भित्राउने उदेश्य छ ।
– भुकम्प गएको ३ बर्ष पनि वितिसक्यो पीडितहरु त अझै पनि टहरामा नै छन् नि के छ पुननिर्माणको अवस्था ?
यो राज्यको समस्या हो तर पनि सिद्धलेक गाउँपालिकामा हामीले पहिलो किस्ता लिईसकेका पीडितहरुलाई तपाईहरुलाई असार मसान्त सम्म घर बनाईसक्नुपर्ने भनेका छाँै । उहाँहरुले डिपीसि लेभल पुरा गरिसक्नुभएको छ अहिले दोस्रो किस्ता लिने विषयमा अहिले नेपाल सरकार पनि बहुमतको सरकार भएकोले यसको सम्पुर्ण व्यवस्थापन गर्न गाह्रो भएकोले पनि पुननिर्माणमा ढिला हुन पुगेको छ । यदि सरकारले नीतिमा परिवर्तन गरेर अघि बढ्न सक्छ भने अझैपनि परिवर्तन गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।
–सिद्धलेक गाँउपालिकामा प्राकृतिक स्रोत साधनहरु प्रशस्त छन्, यसको उचित व्यवस्थापन कसरी गर्नुहुन्छ ?
यस गाउँपालिकामा प्रकृतिक स्रोत साधन दोहन भएको छ यसको संरक्षण गनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीलाई स्थानिय सरकारले स्रोत साधन प्रयोग गर्ने त्यसबाट आम्दानी लिनुपर्ने भनिरहेको अवस्थामा हामीले प्रयोग गर्न पाईरहेका छैनौ । बुढिगण्डकी परियोजना अन्तर्गत सिद्धलेक सामुदायिक वनहरु छन् त्यहाँ ढोडेनी र ग्याल्मा भन्ने ठाँउ छ त्यहा झन्डै ३ खरबको काठ छ अहिले त्यो डुबान क्षेत्रमा पर्दछ । त्यो काठ के गर्ने भन्ने नेपाल सरकार पनि अलमल भएको छ । यस विषयमा हामीले सम्वन्धित निकायमा कुरा राखिसकेका छौ । यस गाउँपालिकामा एउटा क्रसर मेसिन छ त्यो क्रसर उद्योगबाट सिद्धलेक गाउँपालिकामा टिपको ५०० को दरले हिसाब गरेर १५ लाख आम्दानी गरेका छौँ । यस गाउँपालिकाको थोपल हाईड्रोपावरको पहरे सफा गर्ने काममा १७ लाख ३९ हजार रुपयाँ पाएका छौ । गाउँपालिका भित्र जरे र घाटबेसीमा एउटा पुल बन्दै छ, हाम्रो आफ्नो गाउँपालिकाको जमिन भएको कारण बार्षिक ५ लाख रुपया दिने भनेर निर्णय गरेको छ । यसैगरी ३० रोपनी भ्याली कोल्ड स्टोरमा सार्वजनिक जग्गा छुट्टाएका छौ त्यसलाई सिंचाई गर्न तटवन्धनको काम भईरहेको छ । यसैगरी स्रोतहरुको व्यवस्थापन गर्छौ ।
– अन्त्यमा गाउँपालिका प्रमुखको हैसियतले समग्र गाउँपालिकाबासीलाई के भन्न चाहानुहुन्छ ?
यस गाउँपालिकामा रहेका समग्र गाउँबासीहरुलाई काम गर्ने सम्पुर्ण जनताहरुलाई विकासको बाटोमा लैजाने पहलमा छौ । र हामी विकासको जमर्कोमा छौ भन्न चाहन्छु ।
भिडियो हेर्नुहोस
२०७५ बैशाख २३ गते प्रकाशित