
२२ वैशाख, काठमाडौं –
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ ।
इन्दौरमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए । यसैगरी क्रुणाल पान्ड्याले ११ बलमा नटआट ३१ र कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ रन योगदान गरे ।
सूर्यकुमार प्लेयर अफ दि म्याच भए । पावरप्लेको पहिलो ६ ओभरमा ३९ रन बनाउँदा अधिकतम योगदान सूर्यकुमारको थियो । १० ओभरमा स्कोर एक विकेटको क्षतिमा ६७ रन पुगेको थियो । त्यसमा ५१ रन सूर्यकुमारको थियो । उनले अंकित राजपुतको बलमा पहिलो छक्का र फेरि चौका हानेर आईपीएलको जारी सिजनमा तेस्रो अर्धशतक पूरा गरे । बलिङतर्फ पन्जाबका मुजिब उर रहमानले दुई विकेट लिए ।
यो जितसँगै मुम्बई अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । पन्जाब भने चौथो स्थानमा छ ।
२०७५ वैशाख २२ गते प्रकाशित