Sun. Mar 9th, 2025

आईपीएलमा हैदराबादले मुम्बइलाई हरायो


१२ बैशाख,  धादिङ –

इण्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सनराजर्स हैदराबाद विजयी भएको छ । सनराइजर्स हैदराबादले मुम्बइ इन्डियन्सलाई ३१ रनले हराएको छ ।

१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बइ १८ ओभर ५ बलमा ८७ रन बनाएर अलआउट भएपछि हैदराबाद ३१ रनले विजयी भएको हो । १ सय १९ रनको कमजोर लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले ८७ रनमा अलआउट गर्‍यो । मुम्बइका सुर्यकुमार यादवले ३४ रन हार्दिक पाण्ड्याले २४ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

मुम्बइलाई ८७ रनमै अलआउट गर्न हैदरावादका सिद्धार्थ काउलले ३ तथा रसिद खान र बसिल थम्पीले २र२ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले १८।४ ओभरमा सबै विकेट गमाउँदै ११८ रन बनाएको थियो । उसका लागि केन विल्ह्याम्सन र युसुफ पठानले २९–२९ रन बनाए भने मनिष पाण्डेले १६ तथा मोहम्मद नावीले १४ रन बनाए ।

बलिङतर्फ मुम्बइका मिचेल म्याकलेनाघन, हार्दिक पाण्ड्या र मायांक माखण्डेले २–२ विकेट लिए ।जितसँगै हैदराबाद ८ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

२०७५ बैशाख १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: