Sat. Nov 16th, 2024

टी २० विश्वकप खेल्न नेपालले ३ चरण पार गर्नुपर्ने

७ बैशाख, काठमाडौँ

टी २० विश्वकप खेल्न नेपालले तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘द रोड अफ वल्र्ड टी-२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । त्यसअनुसार एसियाका १३ देशलाई दुई समूह बनाएर छुट्टाछुट्टै छनोट खेलाइने भएको छ ।

समूह एमा बहराइन, कुवेत, माल्दिभ्स, कतार, साउदी अरेबिया र यूएई छ । यो छनोट खेल कुवेतमा हुनेछ । समूह बीमा नेपालसँगै भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्ड छन् । यो समूहको छनोट खेल अक्टोबर ३ बाट मलेसियामा हुनेछ ।

दुबै समूहबाट शीर्ष ३-३ टोली एसियन छनोटमा पुग्नेछ । एसियन फाइनल छनोट खेल्ने ६ देशमध्ये शीर्ष दुईले विश्वकप छनोट खेल्नेछन् । यस्तै अफ्रिका र अमेरिका फाइनल छनोटबाट २-२ र युरोप र ईएपीबाट १-१ टिम पनि विश्वकप छनोटमा आउनेछन् ।

विश्वकप छनोटमा १४ टिम हुनेछन् । ८ टिम छनोट चरण पार गर्दै आएका हुनेछन् भने ६ टोलीले सोझै स्थान बनाउनेछन् । २०१६ को टी-२० विश्वकप खेलेका तर, टी-२० र्‍याङकिङको शीर्ष १० मा नपरेका ६ सिटले विश्वकप छनोट सोझै स्थान बनाउनेछन् । विश्वकप छनोटबाट ६ टिमले २०२० मा अष्ट्रेलिया हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

२०७५ बैशाख ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: