६ बैशाख, काठमाडौं –
सरकारले आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । यसका लागि ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले जानकारी दिइन् ।
आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।
२०७५ बैशाख ६ गते प्रकाशित