
३ बैशाख, धादिङ –
इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ ।
आइतबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेड प्रिमियर लिगले वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेष्टर सिटीले उपाधि हात पारेको हो ।
वल्ड ट्राफर्डमा घरेलु टिमलाई हराउनका लागि जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।
सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो ।
२०७५ बैशाख ३ गते प्रकाशित