२९ चैत, धादिङ
जिल्लाका सम्पुर्ण सरकारी कार्यलयहरु खारेज भैरहेको बेला जिल्ला शिक्षा कार्यलयको भने नाम परिवर्तन भएर संचालनमा आएको छ ।
आगामी असारसम्म संचालन हुने जिल्ला शिक्षा कार्यलय बिहिबार देखि जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा परिणत भएको हो ।
जिल्लास्तरका सरकारी कार्यालयहरु बुधबारबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ ।
२०७४ चैत २९ गते प्रकाशित