Sun. Mar 9th, 2025

आईपीएलमा दिल्लीको लगातार दोस्रो हार

२९ चैत,  धादिङ–

इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल राकिएको थियो । राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले ४५ तथा सन्जु सामसनले ३७ र जोस बटलरले २९ रनको योगदान गरे । यस्तै बेन स्टोकले १६ रन थपे ।

त्यसपछि लामो समय पानी परेपछि दोस्रो इनिङको खेल ६ ओभरमा झारिएको थियो । जवाफमा ६ ओभरमा ७१ रनको लक्ष्य पाएको दिल्लीले ४ विकेट गुमाउँदा ६० रन मात्र बनाउन सक्यो । उसका लागि ग्लेन म्याक्सवेल र क्रिस मोरीसले समान १७ – १७ रन बनाए भने ऋसब पन्तले २० रन जोडे । दिल्लीको यो लगातार दोस्रो हार हो ।

२०७४ चैत २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: