

२१ चैत, धादिङ –
च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो ।
३५ औं मिनेटमा टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको शसक्त प्रहार बारमा लाग्दा रियल पहिलो हाफमा दुई शुन्यको अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा रियालले थप दुई गोल गर्दा युभेन्टस भने दश खेलाडीमा समेटियो ।
२०७४ चैत २१ गते प्रकाशित