Wed. Mar 12th, 2025

प्रदेश ३ समितिका सभापतिहरुले लिए शपथ


१६ चैत, हेटौँडा –

प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित भएका सभापतिलाई बिहीबार आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण गर्नेहरुमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल (ललितपुर), अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल (सिन्धुपाल्चोक), सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ (काठमाडौँ), शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल (चितवन) र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर (काठमाडौँ) छन् ।

त्यस अवसरमा पाँचवटै समितिका सभापतिले प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गरेका थिए। विहिबारै प्रदेश सचिवालयमा बसेका विभिन्न समितिका छुट्टाछुट्टै बैठकले ती समितिका सभापतिलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरिएको थियो ।

यही चैत्र १४ गते अपराह्न ३ देखि ५ बजेसम्म समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पाँचै समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचन भएको प्रदेशसभाका प्रमुखसचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।

प्रदेशसभाअन्तर्गत रहने पाँच समितिमध्ये प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग, पर्यटन र वातावरण समिति स्थायी रुपमा रहने संसद सचिवालयका उपसचिव अधिराज राईले बताए ।

२०७४ चैत १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: