९ चैत, हेटौँडा –
प्रदेश नंबर ३ को प्रदेशसभा बैठक चैत्र १३ गते बस्ने तय गरिएको छ ।
लामो समयदेखि स्थगित रहेको बैठक चैत १३ गते बस्ने भएको हो । चैत १२ गते दलिय परामर्श बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।
कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा बैठकमा छलफल हुने उनले बताए ।
२०७४ चैत ९ गते प्रकाशित