Thu. Mar 6th, 2025

धादिङमा संचालित क्रसर र फिरफिरे सञ्चालनका लागि नयाँ मापदण्ड


७ चैत,  धादिङ –

धादिङमा संचालित उद्योग र बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा मंगलबार धादिङबेसीमा बसेको सरोकारवालाहरुसँगको बैठकले तत्कालका लागि नयाँ मापदण्ड तोकेको हो ।

त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउनको लागी धादिङ जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा/बालुवा खानी, बालुवा प्रशोधन गर्ने ( फिरफिरे) लगायत खानीजन्य उद्योग व्यवस्थापनका लागि प्रचलित कानून विपरित नहुने गरी संचालन गर्न जिल्ला तहमा नयाँ मापदण्ड लागु गरिएको हो ।

नयाँ मापदण्ड अनुसार जिल्लामा संचालित कुनै पनि क्रसर तथा वालुवा धुने उद्योगले रातीको समयमा संचालन गर्न पाईने छैन र ति उद्योगबाट निस्कने लेदो अर्थात फोहोर पानी र अन्य वस्तु सिधै नदी खोलामा मिसाईए त्यस्ता उद्योग र उद्योग संचालकलाई कालोसुचीमा राखी कारवाही गरिने समेत निर्णय भएको छ ।

तोकिएको मापदण्ड भित्र रहेर मात्र भुकम्प पछिको पुनर्निर्माण ध्यानमा राखी आगामी असार मसान्त सम्मको लागि नयाँ मापदण्ड कायम गरिएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

२०७४ चैत ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: