३० फागुन, धादिङ
सिद्धलेक गाउँपालिकालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरेको छ ।
घरघरमा चर्पी सफा घर आगन पुर्ण सरसफाई प्राप्तीको लागी सिद्धलेक गाउँपालिकाको अभियान भन्ने मुल नाराका साथ सिद्धलेक गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको हो ।
प्रतिनिधीशभा क्षेत्र नं १ सांसद भुमि त्रिपाठीले सामुहिक प्रतिबद्धताका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे ।
१३ वटा स्थानीय तह मध्ये ५ वटा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्, बाँकी तह पनि अन्तिम चरणमा रहेको जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङले जनाएको छ ।
यस गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्नको लागि विभिन्न गैरसरकारी संस्थाहरु अक्सफाम, शान्ती नेपाल , फोकस नेपाल , एक्सन नेपाल , प्रयास नेपाल, सिद्ध समाज तथा फाया नेपालले सहयोग गरेको सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले बताए ।
२०७४ फागुन ३० गते प्रकाशित