Tue. Nov 26th, 2024

ढोला गाविस पूर्ण खोपयुक्त गाविस घोषणा

khohp

धादिङ – धादिङको ढोला गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

पूर्ण खोप घोषणा, पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी सोमबारबाट खोपयुक्त गाविस घोषणा गरिएको हो ।

गाविसलाई खोपयुक्त घोषणा गर्नुहुदै जिल्ला स्वास्थ्य कार्र्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन कुमार मल्लले पूर्ण खोप गाविस घोषणा भयो भन्दैमा आफ्ना बच्चाहरुलाई खोप लगाउन छोडन नहुने बताउनुभयो । सबैलाई खोप लगाउनु पर्छ र नटुटोस भन्ने चेतना दिनको लागि गाविसलाई पूर्ण खोप गाविस घोषणा गरेका पनि कार्यक्रममा जानकारी गराउनुभयो ।

ढोलाबासीको इज्जत, शान पूर्ण खोप हाम्रो अभियान भन्दै आफ्नो बच्चाहरुलाई जन्मे देखि लगाइने खोपहरु पूर्ण रुपमा लगाए बच्चाहरुलाई विभिन्न रोगहरुबाट लडन सक्ने र स्वस्थ हुने भन्ने कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट वञ्चित नहुन र स्वस्थ्य रहनका लागि सबैमा आग्रह गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङ, ढोला स्वास्थ्य चौकी धादिङको आयोजना र शान्ति नेपालको सहयोगमा भएको कार्यक्रममा ढोला स्वास्थ्य चौकी, कालिकास्थान खोप केन्द्र तथा गाउँघर क्लिनिक भवनको पनि वरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले उद्घाटन गर्नु भएको थियो ।

खोपयुक्त गाविस बनाउनका लागि जिल्ला विकास समितिबाट १ लाख ५० हजार, रिम्स नेपालबाट ४५ हजार, शान्ति नेपालबाट ५० हजार, गाविसबाट ३० हजार र समुदायबाट २५ सय सहयोग प्राप्त भएको थियो । कार्यक्रममा स्वास्थ्य स्वंयम् सेवीकाहरुले गरेको कार्यलाई मूल्याङकन गर्दै प्रसंशा पत्र वितरण गरिएको थियो भने भवन निर्माण गर्नको लागि ४ रोपनी जग्गा दिने जग्गा धनी, गाविस सचिव लागायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

About The Author

अन्य समाचारहरु: