Sun. Mar 9th, 2025

विश्वकप क्रिकेट छनोट : नेपाल ५ विकेटले विजयी

२८ फागुन,  धादिङ –

विश्वकप क्रिकेट छनोट अन्तर्गत भएको खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १ सय ५४ रनको लक्ष पछ्याएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि अनिल शाहले २६ रन, ज्ञानेन्द्र मल्लले १२ रन, पारस खड्काले ११ रन, दिपेन्द्र एरीले १२ रन, आरिफ शेख २ रन बनाएका थिए । त्यस्तै रोहित कुवरले ४८ रन बनाए भने सोमपाल कामीले ३७ रन बनाए ।

यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वा धिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: