Wed. Mar 12th, 2025

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत, २०८ पक्षमा

२७ फागुन,  काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत पाएका छन् । आइतबार अपराह्न बसेको प्रतिनिधिसभा ९संघीय संसद०को दोस्रो बैठकबाट ओलीले दुई तिहाईसहित विश्वासको मत पाएका हुन्। प्रधानमन्त्रीले २०८ मत पाए ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपाका सांसदले पक्षमा मत दिएका थिए भने कांग्रेस र नयाँ शक्तिका सांसदले विपक्षमा मत दिए। संसद सचिवालयका अनुसार कुल उपस्थित २६८ मध्ये ओलीको समर्थनमा २०८ मत आयो भने विपक्षमा ६० मत पर्यो।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । फागुन ३ गते ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । विश्वासको मत माग गर्नेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’

प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए । ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ ।’

२०७४ फागुन २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: