१६ फागुन, धादिङ
धादिङ महोत्सव बुधबारदेखि सुरु भएको छ । ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ बुधबारबाट धादिङ महोत्सव सुरु भएको हो । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको महोत्सवको पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका थिए ।
जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लाको पर्यटन प्रवद्र्धन, जडिवुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरेको महोत्सव फागुन २७ गतेसम्म संचालन हुनेछ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा हात्ती सफारी रहेको छ । महोत्सव अवधिभर हात्तीबाट धादिङवेसी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थलको अवलोकनको व्यवस्था पनि मिलाइएको छ । महोत्सव उद्घाटन पूर्व धादिङबेसी बजारमा हात्ती सहितको ¥याली परिक्रममा गरिएको थियो ।
महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दूध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवासायीको विशेष स्टल, हस्तकला प्रदर्शनी तथा बिक्री, शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै आदिवासी जनजाति भेषभूषा, झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्टोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोबाइल्सको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी तथा प्रवद्र्धन, रमाइलो मेला तथा विभिन्न जातिय खानाका परिकारहरु रहेका छन् ।
भिडियो
२०७४ फागुन १६ गते प्रकाशित