
१६ फागुन, हेडौँडा
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एमालेबाट ३ र माओवादी केन्द्रबाट एक मन्त्री थपेर ७ सदस्यीय मन्त्रीमण्डललाई पूर्णता दिँदैछन् । सपग्रहणको कार्यक्रम साँझ पाँच बजे राखिएको छ ।
पौडेलले यसअघि माओवादी केन्द्रका युवा नेता शालिकराम जम्मकट्टेललाई गृह र एमाले नेता केशव स्थापितलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मा दिएका थिए । स्रोतका अनुसार एमालेबाट आज अरुण नेपाल, दावादोर्जे लामा र कैलाश ढुङ्गेल मन्त्री बन्दैछन् ।
त्यस्तैगरी प्रदेश नम्बर ३ का गृहमन्त्री जम्मकट्टेलले युवराज दुलाललाई मन्त्रीको लागि अघि सारेका छन् । उनीहरु सबैले पाउने मन्त्रायको टुङ्गो लागिसकेको छैन । दुलाललाई मन्त्रीको लागि अघि सारिएपछि माओवादी केन्द्रभित्र विवाद भएको छ । माओवादी केन्द्रबाट मन्त्रीका लागि राजकाजी महर्जन, विशाल खड्का र कुमारी मोक्तानको नाम चर्चामा थियो ।
२०७४ फागुन १६ गते प्रकाशित