

१६ फागुन, धादिङ–
नीलकण्ठ नगरपालिका ४ स्थित रायटारमा संचालन हुने धादिङ महोत्सव आजबाट सुरु हुँर्दछ । साना तथा मझौला व्यवसायी संघ जिल्ला शाखा धादिङको आयोजनामा हुने महोत्सव फागुन २७ गतेसम्म संचालन हुनेछ ।
मेलाको पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गर्ने आयोजक समितिका संयोजक रामलाल श्रेष्ठले जानकारी दिए । १२ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय उद्योग र उत्पादनहरुलाई प्राथमिकता दिने आयोजकले जनाएको छ।
महोत्सवमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी, उद्योग व्यवसायको प्रर्वद्धन, जडिबुटी उत्पादनलाई प्रचारप्रसार, कृषी प्रदर्शनी तथा विक्री, दुध तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनीहरु हुनेछ ।
महोत्सवमा धादिङ जिल्ला र आसपास रहेका धार्मिक स्थल, गणेश हिमाल र गोसाईकुण्ड लगायतका हिमाली पर्यटकीय क्षेत्र तथा महत्वपूर्ण स्थानहरुको अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यवस्था मिलाइएको छ । धादिङ महोत्सवको मुख्य आकर्षण हात्ती सफारी हुने भएको छ ।
२०७४ फागुन १६ गते प्रकाशि