Sun. Mar 9th, 2025

नेपाल ५ विकेटले विजयी


१५ फागुन,  धादिङ

विश्वकप क्रिकेटको छनोटको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले विजयी गरेको छ ।

१ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रन बनाए । नट आउट रहेका शरद भेषावकरले ४१ र आरिफ शेखले २३ रन बनाए ।

बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाबे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेलिरहेका हुन् ।

 जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल सहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् ।

नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समुह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

२०७४ फागुन १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: