धादिङ – धादिङ जिल्लामा रहेका नेवार पत्रकारहरुको एक समूहले झिगु नेवा: पत्रकार समाज जिल्ला कार्यसमिति धादिङ गठन गरेको छ ।
शनिबार झिगु नेवा: समाज धादिङका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले झिगु नेवा: समाज धादिङको भातृ संस्थाको रुपमा गठन गरिएको हो ।
समितिको अध्यक्षमा शंकर श्रेष्ठ, उपाध्याक्षमा सरिता श्रेष्ठ, सचिवमा सन्तोषराज श्रेष्ठ र कोषाध्यक्षमा राममाया श्रेष्ठ रहनुभएको छ । सात सदस्यीय तदर्थ समितिको सदस्यहरुमा अर्जुन श्रेष्ठ, राजाराम डंगोल र अनिता शाक्य रहनु भएको छ ।
समितिले नेवारी संस्कृतिलाई जोगाइराख्नका लागि पहल गर्ने र सञ्चारकर्मीहरुलाई यसको संस्कृतिबारे जानकारी गराउने काम गर्ने बताइएको छ ।