Mon. Mar 3rd, 2025

धादिङका सरकारी कार्यलय अपांगमैत्री बनाइने

apanga

धादिङ – अपाङगता भएका व्यक्तिहरुलाई अवसर दिएर मात्र होइन, कार्यन्वयनमा पनि लयउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

अपाङगता भएकै कारण खासगरी यातयातका साधन, सरकारी सेवाहरु, विद्यालय, स्वास्थ्य क्षेत्रबाट पाउने सेवा लिनबाट वञ्चित हुनु परेको सहभागीहरुले गुनासो गरेका हुन् । अपांग कल्याण संघ, गजुरी धादिङको आयोजनामा शुक्रबार धादिङबेसीमा अपांगता भएका व्यक्तिहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि र शसक्तिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

अपांगता भएकै कारण सरकारले दिने हरेक सेवा र सुविधाबाट वञ्चित हुनु परेको भन्दै सम्बन्धीत निकायहरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले सरकारी कार्यलयलाई छिट्टै अपांग मैत्री बनाउन पहल गर्ने बताउनु भयो । कानुनले दिएका सेवा सुविधामा सरकारी कार्यलयहरु सकारात्मक भएको भन्दै उहाँले अब बन्ने भवनको संरचना अपांगमैत्री बन्ने खाबी समेत गर्नुभयो । सार्वजनिक यातयातहरुमा पनि अपांगता भएकाहरुलाई सहज बनाउने तय भइरहेको समेत जानकारी गराउनु भयो ।

त्यस्तै कार्यक्रममा महिला तथा बालबालिका कार्यलय धादिङका प्रमुख शावित्रि थापा रावलले आफ्नो कार्यलय अपांगमैत्री नभएपनि अपांग भएका व्यक्तिहरुसँग प्रत्यक्ष रुपमा भेटेर सेवा दिने गरेको बताउनु भयो । धादिङमा कुनै पनि कार्यलय पूर्ण रुपमा अपांग मैत्री संरचनाको नभएपनि महिला तथा बालबालिका कार्यलय धादिङ, जिल्ला प्रशासन कार्यलय, जिल्ला विकास समितिको कार्यलय र नापी शाखा धादिङको कार्यलयमा ह्वीलचियर गुड्ने ¥यामको सुविधा रहेको बताउनुभयो । पहिलो कार्यलय बनाउदा अपांगमैत्री बनाउनुपर्छ भन्ने धारणा नभएपनि अहिले त्यो महशुस भएको भन्दै उहाँले अब बन्ने कार्यलयहरु अपांगमैत्री बन्ने दाबी गनुभयो ।
अपांग कल्याण संघ गजुरी धादिङ अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: