Sun. Mar 16th, 2025

दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३९ जनाको मृत्यु


१२ माघ,  धादिङ –

 

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ भने ७० भन्दा धेरै घाइते भएका छन् । दक्षिण पूर्वी शहर मिरायाङको सेजङ अस्पतालमा आकस्मिक कक्षबाट आगलागी शुरु भएको अनुमान गरिएको छ ।

आगलागी हुँदा अस्पतालमा करिब २०० जना विरामी रहेको अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ । अस्पताल भवनसँगै जोडिएको अर्को नर्सिङ होम पनि आगलागीबाट प्रभावित भएको छ ।

यो आगलागीलाई दक्षिण कोरियामा दशकयताकै सबैभन्दा ठूलो आगलागी मानिएको छ । अग्नि नियन्त्रकहरुले मारिनेहरु धुवाँमा निस्सासिएर मारिएको सञ्चार माध्यमहरुसँग प्रतिक्रिया दिएका छन् ।

मृत्यु हुने र घाइतेमा अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारी पनि रहेका छन् । सरकारी अधिकारीले ३९ जना मारिएको बताए पनि प्रहरीले ४१ जनाको नाम सार्वजनिक गरेको छ ।

२०७४ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: