Fri. Mar 7th, 2025

फिरफिरे र नदी उत्खननको चपेटामा त्रिशुली नदी

मनिष दुवाडी / २७ पुस,  धादिङ –

यतिवेला मध्य हिउद चलिरहेको छ । ५ वर्ष अघिसम्म यो समयमा त्रिशुली नदीमा जलयात्रा गर्नको लागि आन्तरिक तथा विदेशी पर्यटकहरुको भीड लाग्ने गर्दथ्यो । तर पछिल्लो समय ह्वाइट वाटर ¥याफ्टिङको लागि नेपालमै प्रसिद्ध रहेको त्रिशुली नदी प्रदुषणको चपेटामा पर्दै जान थालेपछि ¥याफ्टिङ गर्न आउने पर्यटकहरु कम हुँदै आएका छन भने मध्य पुसमा पनि त्रिशुली नदी साउनको भेल जस्तै बग्न थालेको छ ।

कुनैवेला सफा र कन्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट ¥याफ्टिङ गर्ने नदीको उपमा पाएको त्रिशुली नदी पछिल्लो समयमा अतिक्रमणको चपेटामा पर्न थालेपछि हिँउदमा समेत सफा र कन्चन पानी बग्न पाएको छैन । नुवाकोट र धादिङ जिल्लाका त्रिशुली नदी किनारमा अव्यवस्थित ढंगबाट खोलिएका वालुवा प्रशोधन केन्द्र(फिरफिरे) र ढुङगा तथा बालुवा खानीका कारण त्रिशुली नदी प्रदुषित बन्ने क्रम बढदै गएको छ । पृथ्वीराजमार्गको छेवैमा रहेको त्रिशुली नदी बाह्रै महिना धमिलो देखिने गरेको छ ।

त्रिशुली नदीको किनारमा जताततै खुलेका फिरफिरे बाट निस्किएको हिलो र लेदो पानी सिधै नदीमा मिसाइने गरेका कारण मध्य हिउदमा पनि त्रिशुली नदी मध्य बर्षाको भेल जस्तै धमिलो देखिने गरेको छ । त्रिशुली नदीलाई आधार वनाएर खोलिएका बालुवा प्रशोधन केन्द्रले फिरफिरेबाट निस्किएको फोहोर सिधै त्रिशुली नदीमा मिसाएका मात्रै छैनन नदी मै लगेर डोजर र स्काभेटरको सहायताले नदी खोतल्ने र बजारआसपासका फोहोरमैलाहरु नदीमै मिसाएर प्रदुषण फैलाउने कार्य समेत गदै आईरहेका छन ।

त्रिशुली नदी बाह्रै महिना धमिलो बग्न थालेपछि जलयात्रा गर्नको लागि विदेशी तथा स्वदेशी पर्यटकहरुको कम रोजाइमा पर्न थालिसकेको छ । सुरक्षित र रोमान्चक जलयात्राको लागि उत्कृष्ट मानिएको नदीमा पछिल्ला बर्षहरुमा बर्षेनी जलयात्रा गर्ने पर्यटकहरुको सङख्या घट्दो क्रममा रहको जलयात्रा ब्यवसायी भीष्मराज थपिलियाले बताए ।

राजमार्ग र त्रिशुली नदीको बिचमा खुलेका बालवा प्रशोधन केन्द्रले त्रिशुली नदीलाई मात्रै होइन पृथ्वीराजमार्गलाई पनि उत्तिकै प्रदुषित वनाईरहेको छ । ह्वाईट वाटर ¥याफ्टिङका लागि लोकप्रिय मानिने त्रिशुली नदी प्रदुषित बनेपछि पर्यटकहरु नै आउन छाड्ने हुन की भन्ने चिन्ताले ¥याफ्टिङ व्यवसायीहरु लाई सताउन थालेको छ । धादिङको बेनिघाटमा रिसोर्ट सन्चालन गरेको एक ब्यवसायीले भने, ‘यो समयमा सफा र कन्चन पानीमा ¥याफ्टिङ गर्न पाउने हो भने नेपालीहरु समेत ओइरिएर आउछन तर नदीको पानी देख्ने वित्तिकै नाक खुम्च्याएर फर्कन्छन । अहिले ¥याफ्टिङको सिजन हो, तर पहिले पहिले जस्तो नदी सफा नभएकाले ¥याफ्टिङ गर्न आउनेहरुहको सङ्ख्या बर्षेनी घट्दै गएको छ ।’

त्रिशुली नदीको धादिङ खण्ड अन्तरगत बैरेनी देखि गजुरी सम्मको खण्डमा अव्यवस्थित ढंगबाट खुलेका झण्डै २ सयको हाराहारीमा र त्यहीकै सङख्यामा नुवाकोटमा रहेका फिरफिरेले हरेक दिन त्रिशुली नदीलाई प्रदुषित वनाईरहेका छन । गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले भनिन, ‘हामीले हाम्रो गाउँपालिकाको नदी आसपासमाा संचालित फिरफिरेलाइ पुर्ण रुपमा बन्द गराइसकेका छौँ, संचालनमा आएको कसैले उजुर गर्ने वित्तिकै फिल्डमै पुगेर कारवाही गर्न हामी तयार छौँ ।’ तर दिनको समयमा बन्द भएका फिरफिरेहरु रातीको समयमा संचालन हुने गरेको स्थानीहरुको आरोप छ ।

व्यवसायका रुपमा खोलिएका धेरैजसो फिरफिरे कुनै पनि निकायमा दर्ता भएको समेत पाईदैन । दर्ता भएकाहरुले पनि मापदण्ड मिचेर संचालन गरिरहेका छन । सरोकारवाला स्थानीयहरु भने सरकारले नै खानी संचालकहरुलाइ अप्रत्यक्ष रुपमा मापदण्ड मिचेर बालुवाखानी संचालन गर्न र बालुवा प्रशोधन गर्न सघाइरहेको बताउछन । आदमघाटका स्थानीय गम्भीर दुवाडीले भने, ‘जिल्ला विकास समिति बालुवा उत्खनन गर्नको लागि २५ करोडको ठेक्का लगाउछ जवकी मापदण्ड अनुसार बालुवा उत्खनन गर्ने हो भने ठेकेदारले बर्षभरिमा ५ करोड पनि कमाउन सक्दैन, बढीमा ठेक्का लगाउनु भनेकै अवैध काम गर्न छुट दिनु हैन र ?’

२०७४ पुस २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: