२५ पुस, धादिङ–
दुई लाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम्प प्रशासनको आदेश दिएको छ । । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको हो ।
सन २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।
अब भने एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन २०१९ सम्मको समयसीमा दिइएको छ । सो अवधिभित्र फिर्ता नभएमा पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ ।
के हो टीपीएस ?
सन १९९० मा सुरु गरिएको एक कार्यक्रममार्फत बिभिन्न देशका प्रवासीहरुलाई कानुनी रुपमा अमेरिकामा बस्ने र काम गर्ने अधिकार मिल्दछ । कानुनी वा गैरकानुनी रुपमा अमेरिका बस्नेहरुलाई यस कार्यक्रअन्तर्गत राखिन्छ ।
यो अधिकार त्यो देशका नागरिकलाई दिन्छ जो सशस्त्र संघर्ष, प्राकृतिक विपत्ती या महामारीबाट प्रभावित भएका हुन्छन ।
राष्ट्रपति जर्ज डब्लु बुशले यो कानुन ल्याएपछि हालसम्म अमेरिकामा १० देशका तीन लाख प्रवासीलाई टीपीएस सुरक्षा दिइएको छ ।
२०७४ पुस २५ गते प्रकाशित