Wed. Nov 27th, 2024

जिल्ला अस्पताल धादिङलाई विलिभर्स चर्चद्धारा ब्ल्याङ्केट प्रदान


२२ पुस,  धादिङ –

विलिभर्स ईस्टर्न चर्च धादिङवेशीले जिल्ला अस्पताल धादिङलाई ब्ल्याङ्केट प्रदान गरेको छ ।

अस्पतालमा भर्ना भएर बस्ने विरामीहरुलाई लक्षित गर्दै ३० ओटा ब्ल्याङ्केट प्रदान गरेको हो । एक कार्यक्रमको आयोजना गरि चर्चका फादर सन्तबहादुर गुरुङले जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिेन्डेट डा.गौरव महतोलाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पताललाई भनेर सरकारी बजेट विनियोजन नहुने भएकाले यस्ता सहयोगले अस्पताल प्रशासनलाई धेरै राहत मिल्ने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा.महात्तोले बताए । अस्पताल प्रशासनको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग प्रदान गरेको प्रति विलिभर्स चर्च धादिङका सम्पूर्ण पदाधिकारीहरुलाई उनले धन्यावाद समेत व्यक्त गरे ।

आफुहरुसँग धेरै रकम भएर भन्दा पनि धेरे सहयोगी हृदय भएका चर्चका दिदि वहिनि, दाजुभाईहरुद्वारा संकलित रकमले खरिद गरि उक्त ब्ल्याङ्केट प्रदान गरिएको चर्चका फादर सन्तबहादुर गुरुङको भनाई छ ।

विलिभर्स चर्च धादिङले ख्रिष्टमसको अवसरमा पौष ७ गते जिल्ला अस्पताल धादिङमा भर्ना भएर बसेका १६ जना विरामीहरुलाई फलफूल, हर्लिक्स र पछ्यौउरा तथा पौष १२ गते निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका २७ जना एकल महिलाहरुलाई हर्लिक्स र न्यानो कपडा वितरण गरेको थियो ।

२०७४ पुस २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: