Fri. Mar 7th, 2025

गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द गरिने

२१ पुस, काठमाडौँ –

गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह (एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ।

वीरगंजमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभाग एग्रेसिभ बन्दै गुणस्तर चिन्ह नलिएका उद्योगलाई विभागले बन्द गर्ने भएको हो। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन्। ग्यास जस्तो संवदेनशिव वस्तुमा समेत उद्योगीले हेलचेक्रयार्इँ गरेको भन्दै विभागले शुक्रबारदेखिनै ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया अघि बढाउन लागेको हो।

‘हामी शुक्रवारदेखिनै ग्यास बोटलिङ प्लान्टको अनुगमन गरेर तत्कालै कारवाही थाल्दैछौ’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने,ग्यास उद्योगीले संवदेनशील विषयलार्इ ख्याल गरेनन् र हेलचेक्रयार्इँ गरिरहेपछि हामीले कडा कदम चाल्न लागेका हौं। उनका अनुसार उद्योग स्थापना भएका स्थानका जिल्ला प्रशासन कार्यालयमार्फत मापदण्ड पूरा नगरेका उद्योगलार्इ कारवाही प्रकृया अघि बढाइनेछ।

पत्रिकामा सूचना निकालेर बारम्बार ताकेता गर्दा पनि गुणस्तर चिन्ह लिन नआएपछि विभागले कार्वाही गर्ने भएको हो। गुणस्तर चिन्ह नलिएका, मापदण्ड पूरा नगरेका उद्योगको सञ्चालनमा रोक लगाउन सक्ने काननी व्यवस्था छ। आजदेखिनै अनुगमन गर्ने भनेर आयल निगमलाई खवर गरिसकेका छौ, पुडासैनीले भने।

तर नेपाल ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिव घिमिरेले भने सबै उद्योगले मापदण्ड पूरा गरेरै सञ्चालन गरेको दाबी गरे।

२०७४ पुस २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: