१४ पुस, अमेरिका –
अमेरिकाको न्यूयोर्कमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । धेरै जना घाइते भएका छन् ।
बिहीबार बेलुका अपार्टमेन्टमा आगलागी भएको त्यहाँका अधिकारीले जनाएका छन् । न्यूयोर्कको आगलागी नियन्त्रण विभागले १ सय ६० भन्दा बढी अग्नीनियन्त्रक आगो नियन्त्रणमा लिन परिचालन गरिएको जनाएको छ ।
आगलागीमा एक वर्षको बच्चा मृत्यु अवस्थामा र ४ जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।
आगलागी बिहीबार बेलुका ७ बजेदेखि लागेको र अहिले नियन्त्रण बाहिर गएको न्यूयोर्क टाइम्सले जनाएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।
२०७४ पुस १४ गते प्रकाशित