Thu. Mar 6th, 2025

वार्षिक ९१ अर्बको दूध बिक्री


१४ पुस, चितवन –

ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९ औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको बताए । सरदर रु ५२ प्रतिलिटर किसानले पाउने भन्दै उनले वार्षिक रु ९१ अर्ब हाराहारीको दूध किसानले बिक्री गर्नेमा रु १२ अर्ब ग्रामीण क्षेत्रमा मात्रै जाने बताए ।

पुस २८ र २९ गते काठमाडौँमा साधारणसभा तथा महाधिवेशन गर्न लागिएको र दुग्धजन्य पशुपालनमा चार लाख ५० हजार कृषक आबद्ध भएको र करिब २० हजारजनाले प्रत्यक्षरुपमा उद्योगमा रोजगारी पाएको बताए ।

किसानले उत्पादन गर्ने दूधमध्ये १५ प्रतिशतमात्रै डेरीमार्फत बजारमा पुग्छ । उनले ३५ प्रतिशत कृषकले सोझै उपभोक्ताकहाँ पुर्याइएको र ५० प्रतिशत किसानको आफ्नै खपत रहेको बताए ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रले मात्रै नौ प्रतिशत योगदान पुर्याएको दाबी गर्दै उनले यहाँ उत्पादित दूधको २५ प्रतिशत अन्य देशबाट ल्याउनु पर्ने अवस्था आएको बताए । कुनै याममा दूधको मात्रा बढी हुने र कुनै याममा दूधको अभाव हुने भन्दै उनले प्रविधिको विकास गरी सबै मौसममा समान दूध उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुमित केडियाले डेरीलाई ५० प्रतिशत विद्युत् महसुलमा छुट दिनुपर्ने, डेरीका प्राविधिक उत्पादन गर्ने कलेज स्थापना गर्नुपर्ने, छ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था मिलाउनु पर्नेलगायत आफूहरुको माग रहेको बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वार्षिक प्रतिव्यक्ति ९२ लिटर दूध खपत हुनुपर्नेमा अहिले ७२ लिटरमात्र खपत हुँदै आएको छ । अहिले औपचारिक क्षेत्रमा आइरहेको दूधको परिमाणलाई बढाउँदै लैजानु पर्ने अवस्था रहेको उनले बताए । औपचारिक क्षेत्र अर्थात् देशका २०० डेरी उद्योगमा अहिलेसम्म रु १५ अर्बको लगानी भइसकेको छ । रासस

 

२०७४ पुस १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: