Wed. Nov 27th, 2024

धुनीबेसी बाल क्लब सञ्जालको अध्यक्षमा गोरक्ष हमाल


९ पुस,  धादिङ –

धुनीबेसी बाल क्लब सञ्जालको अध्यक्षमा गोरक्ष हमाल चयन भएका छन् । धादिङको धुनीबेसी नगरपालिकामा भएको नगर बालक्लब सञ्जालको गठन तथा पुनगठन कार्यक्रममा हमाल अध्यक्ष हुने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सविता प्रजा, सचिवमा जोत्सना रेग्मी, सहसचिवमा शैलेस बास्कोटा र कोषाध्यक्षमा इशा लामा चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यमा नम्रता पाण्डे, शान्तिका रेग्मी, अनिष श्रेष्ठ, अशोक पाण्डे, विविशा भुजेल, विक्रम लामा रहेका छन् ।

सिर्जनशिल समाज नेपालको आयोजना, युनिसेफको सहयोग तथा धुनीबेसी नगरपालिकाको समन्वयमा धुनीबेसीमा आयोजना गरिएको कार्यक्रममा नगरभित्र गठन, पुर्नगठन गरिएका बालक्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा धुनीबेसी नगरपालिकाका उपमेयर निरु खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले बालबालिकाको क्षेत्रमा नगरपालिकाको सकारात्मक भएर कार्य गर्ने बताइन् ।

कार्यक्रममा सिर्जनशील समाज नेपालका सूर्या गौतमले बालबालिका सिद्धान्त र पक्षहरु, बालक्लबको काम कर्तव्य र अधिकार, बालमैत्री स्थानीय शासनको अवधारणा, नीतिगत व्यवस्था र सूचकका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा नयाँ संरचनामा बालमैत्री स्थानीय शासन तथा बालबालिका, स्थानीय योजना निर्माण प्रक्रियामा बालक्लब तथा संजालको भूमिका तथा सहभागीता, बालमैत्री स्थानीय शासनमा डिजिटल मिडियाका बारेमा जानकारी गराइएको छ ।

२०७४ पुस ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: