Wed. Nov 27th, 2024

स्वास्थ्य प्रमुखहरुलाई सकारात्मक सोच विषयक आधारभुत तालिम

७ पुस, धादिङ

स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधीहरुलाई सकारात्मक सोच विषयक आधारभुत तालिम दिएको छ ।

मातृ तथा नवशिशू स्वास्थ्य परियोजना, धादिङ परीयोजना अन्तर्गत शान्ती नेपाल धादिङले ज्वालामुखी र सिद्धालेक गाउपालिकाका स्वास्थ्यचौकीका प्रमुख तथा प्रतिनिधीहरुलाई तालिम दिएको हो ।

स्वास्थ्य क्षेत्रमा आगामी दिनमा सकारात्मक सोचलाई ध्यानमा राखी कार्ययोजनाहरु बनाउन सहज बनाउने उदेश्यका साथ तालिम संचालन गरीएको शान्ति नेपालका मातृशिशु परियोजनाका कार्यक्रम प्रमुख विष्णु भट्टले बताए ।

मेडिकलटिम्स इन्टर्नेस्नल, नेपालको साझेदारी रहेको तालिममा दिपक श्रेष्ठ र बेद प्रशाद सापकोटाले प्रशिक्षण गरेका थिए । तालिममा ज्वालामुखी गाउपालिकाबाट स्वास्थ्य संयोजक, सह–संयोजक र चार वटै स्वास्थ्यचौकिका प्रमुखहरु र सिद्धालेख गाउपालिकाबाट स्वास्थ्य संयोजक, सह–संयोजक र दुईवटा स्वास्थ्यचौकी नलाङ र सलाङका प्रमुखहरु , तथा शान्ति नेपालको तर्फबाट सात जना कर्मचारी सहित १९ जनाको सहभागिता रहेको थियो ।

२०७४ पुस ७ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: