Sat. Nov 16th, 2024

कर्मचारी आवश्यकता सम्बन्धी सुचना

धुनीवेंशी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
खानीखोला, धादिङ
३ नं. प्रदेश, नेपाल
करार सेवामा आवेदन दिने सम्बन्धी सूचना

प्रस्तुत बिषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) कार्यक्रम समन्वय ईकाईको मिति २०७४।०७।१७ को प.स. ०७४।७५ च.नं. १२७ को पत्र र स्थानीय तहको शासन संचालनको लागि जारी गरिएको आदेश, २०७४ मा उल्लेख भए अनुसारको दरबन्दीमा रिक्त रहेको तपसिलको पदमा तपसिल अनुसारको सेवा करारमा लिनुपर्ने भएकोले आवश्यक योग्यता पुगेका इच्छुक सबै नेपाली नागरिकहरुको लागि यो सूचना जारी गरिएको छ ।

तपसिल :

१. पद तथा शैक्षिक योग्यता

०१/०७४–७५ सूचना प्रविधि अधिकृत

आवश्यक संख्या ः १(एक) सूचना प्राविधिक अधिकृतको शैक्षिक योग्यता लोक सेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्यूनत्तम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा information and communication Technologies वा सो सरहको बिषयहरु मध्ये कुनै एक बिषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCTS, BEIT, BBC, CCIT ) गरेको, LGCDP Shortlist मा उर्तिण हुने व्यक्तिहरु मध्येबाट प्रयोगात्मक र अन्तर्वाताको माध्यमबाट छनौट हुने परिक्षा मिति २०७४।०९।२१

०२/०७४–७५ इन्जिनियर, सिभिल

आवश्यकसंख्या ः १(एक) सिभिल इन्जिनियर पदको लागि लोक सेवा आयोगले तोकेको न्युनत्तम शैक्षिक योग्यता, उमेर वित्तीय समानीकरण अनुदान/न.पा. स्रोत लिखित/मौखिक/प्रयोगात्मक परिक्षा मिति २०७४।०९।२१

२. इच्छुक उम्मेदवारले यस कार्यालयबाट रु.४००।– रसिद काटी आवेदन फारम खरिद गरी मिति २०७४।०९।१९ गतेको कार्यालय समय भित्र आवेदन दर्ता गर्नुपर्नेछ । आवेदन साथ व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, तालिम र अनुभवका प्रमाणपत्रहरुको छायाकपि संलग्न गर्नुपर्नेछ ।

३. सूचना प्रविधि अधिकृतको त्इच् तथा पारिश्रमिक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, कार्यक्रम ईकाई सिंहदरबार, काठमाडौंको वेव साइट (Web site_ www.lgcdp.gov.np मा उल्लेख भए बमोजिम हुनेछ ।

४. छनौट सम्बन्धी मापदण्ड करार सेवामा पदपूर्ति गर्न गठन गरिएको छनौट समितिले निर्धारण गरे बमोजिम हुनेछ

५. सिभिल इन्जिनियर पदको पारिश्रमिक निजामती सेवाको सोही पदको लागि तोकिएको न्यूनत्तम पारिश्रमिक र कार्य क्षेत्र यस नगरपालिका भित्र हुने छ । कार्य विवरण नगरपालिकाले तोके बमोजिम हुनेछ ।

६. समयभित्र दर्ता नभएका र रिक्त पूर्वक दर्ता नभएका कागजातउपर कुनै कारवाही हुनेछैन ।

७. यस बाहेक अन्य कुराहरु प्रचलित कानून अनुसार हुनेछ ।

धुनीवेंशी नगरपालिका
सम्पर्क नं. ०१०–४०१०६५

About The Author

अन्य समाचारहरु: