२८ मंसिर, धादिङ –
नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले ७ करोड २४ लाख ३६ हजार ४ सय २५ रुपैयाँ नाफा गरेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले १ अर्व ६९ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिए ।
२०७१ असार १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको वित्तिय संस्थाले तीन वर्षमा ३२ वटा जिल्लामा ४० वटा शाखा मार्फत ४६ हजार ९ सय ६२ जना विपन्न परिवारलाई सेवा दिइरहेका छन् ।
लघुवित्त कार्यक्रम मार्फत समाजका विपन्न तथा गरीब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनिकरणमा टेवा पु¥याउने लक्ष्यका साथ धादिङमा स्थापना भएको हो । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड राष्ट्रिस्तरको ‘घ’ वर्गको बित्तीय संस्था हो ।
बुधबार धादिङबेसीमा भएको साधारणसभाले आव. २०७३/०७४ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्त्ता पुँजी १० करोडबाट बढेर १२ करोड पुगेको छ । कात्तिक मसान्तसम्म ४२ करोड ८५ लाख कुल बचत रहेको संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादबले जानकारी दिए ।
२०७४ मंसिर २८ गते प्रकाशित