Wed. Nov 27th, 2024

स्वास्थ्य बिमा गर्नेलाई एक लाखसम्मको उपचार सेवा

१४ मंसिर, काठमाडौँ

सरकारले स्वाथ्य बिमा मार्फत पाउदै आएको उपचार सुविधा बढाउने तयारी गरेको छ।

हाल स्वास्थ्य बिमा मार्फत बार्षिक पाउदै आएको ५० हजार बराबरको उपचार सेवालाई बढाएर १ लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको स्वास्थ्य बिमा सञ्चालन गर्दै आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले बताए।

बिमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भएको बताए। भर्खर बिमा गरेका तर उपचार सुविधा नलिएकाहरुलाई सुविधा लिने बेलामा सहुलियत दिने समेत तयारी भइरहेको निर्देशक डा। लोहनीले बताए।

सरकारले एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको सरकारी अस्पतालबाट अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधी खर्च पाइन्छ । कस्मेटिक सर्जरी, घरेलु झैझगडाबाट लागेको चोटपटक, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी दुर्घटनामा परेमा स्वास्थ्य बिमा अन्तर्गत उपचार हुने छैन।

२०७४ मंसिर १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: