Sun. Mar 16th, 2025

दक्षिण सुडानमा जातीय झडप, ४० को ज्यान गयो

 

१३ मंसिर, काठमाडौं ।

दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन ।

उक्त समूहले ती गाउँबाट दर्जनौंको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ ।

 

About The Author

अन्य समाचारहरु: